न्यूज टुडे
राजविराज, २० भदौ ।
कंकालिनी एफसी सितापुर युनिटी एफसी विरेन्द्रबजारद्वारा संचालित दोश्रो नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा रिभरसाइड एफसी धरमपुरलाई १- ७ गोलान्तरले पराजित गर्दै सितापुर सेमिफाइनल प्रवेश गरेको हो ।
रुपनी ६ स्थित युनिटी एफसी विरेन्द्र बजारको खेलमैदानमा सम्पन्न खेलमा कंकालिनीका जर्सी नम्बर ७ का नवीन चौधरी १ गोल गरि टिमलाई अगाडि बढाए । पहिलो हापमै कंकलिनीका जर्सी नम्बर ११ का पुष्पराज चौधरीले १ गोल थपेर २ गोलले अग्रता दिलाए । पहिलो हापमा कंकालिनीका जर्सी नम्बर १३ का कृष्णा चौधरीले गोल गरे भने कंकालिनी कै जर्सी नम्बर ११ का पुष्पराज चौधरीले दोस्रो गोल गर्दै टिमलाई ४ गोलान्तरले अग्रस्थानमा कायम राखे । खेलको पहिलो हापमा रिभरसाइडका जर्सी नम्बर ११ का करण चौधरीले १ गोल गर्दै टिमलाई हौसला थपे ।
दुबै टिम वीचको प्रतिस्पर्धात्मक खेलको दोश्रो हापको खेलमा कंकालिनीका जर्सी नम्बर ७ का नवीन चौधरीले १ गोल थपेर टिमलाई ५ गोलको अग्रता दिलाए । यसैगरी कंकालिनीका जर्सी नम्बर १० का सुनिल सिंहले १ गोल गरे भने सोही टिमका जर्सी नम्बर ४ का श्री चौधरीले गोल गरेपछि कंकालिनीले ७ गोले जित हाँसिल गरे ।
दुबैटिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ७० औ मिनेटको खेल अवधिमा रिभरसाइडले १ गोल मात्र गर्न सफल भएको आयोजक समितिका राम बहादुर गोलेले जानकारी दिए ।
प्रतियोगितामा रिभरसाइड एफसी,नव बुद्ध युथ क्लब,कंकालिनी एफसी,मधेस प्रदेश प्रहरी तालिम केन्द्र,सन्जनदिप होस्पिटल राजविराज,,मुसहर्नीया एफसी, श्री सन्यासी युवा क्लब, आयोजक युनिटी एफसी ( बि),श्री बाबा धिर युवा एफसी,शम्भुनाथ एफसी,लालिगुराँश एफसी, ट्राफिक एफसी, यूनिटी एफसी विरेन्द्र बजार ( ए), जगमोहन एफसी र कंचनपुर एफसी गरि १५ टिम सहभागी रहेका छन् ।
प्रतियोगिता अन्तर्गत शनिबारको खेल लालीगुराँश एफसी महुली मोहनपुर र शम्भुनाथ एफसी वीच अपराह्न ०४: १५ बजेदेखि सुरु हुने आयोजक समितिका आयूष तामाङले जानकारी दिए । लालीगुराँश एफसी प्रथम नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिताका फाइनल विजेता टिम हो ।
प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार, शिल्ड मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १० हजार, कप, मेडाल प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष रोहित मगरले जानकारी दिए ।