• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा पठन संस्कृतीको विकासका लागि बृहत पुस्तक प्रदर्शनी सुरु

राजविराजमा पठन संस्कृतीको विकासका लागि बृहत पुस्तक प्रदर्शनी सुरु
न्यूज टुडे
 राजविराज, २० भदौ ।
साहित्यक संस्था साझा प्रकाशन राजविराजद्वारा शुक्रबारदेखी वृहत पुस्तक प्रर्दशनीको मेला आयोजना गरेको छ ।  १३ दिनसम्म चल्ने बृहत पुस्तक  प्रदर्शनीको शुक्रबार आयोजित एक समारोहका वीच छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उद्घाटन गरेका गरेका हुन् । 
पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष चौधरीले सूचना र प्रविधीको नयाँ नयाँ प्रयोग संगै पुस्तक र पत्रपत्रिका किनेर पढने पाठकहरुको संख्या घटदै गएकोमा चिन्ता व्यक्त गरे ।
अहिले विभिन्न पुस्तक र पत्रपत्रिका मोबाईलमा पनि सजिलै प्राप्त हुने भएकोले ज्ञानवद्र्धक पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै जानु  चिन्ताको विषय रहेको भन्दै उनले  यस्ता प्रदर्शनीले पुस्तक पढ्ने संस्कृतिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष चौधरीलाई सम्मान पत्र हस्तान्तरण गर्दै प्रमुख माझी । फोटो : न्यूज ट्य्डे
उनले वैकल्पिक सूचना र प्रविधीको बढ्दो प्रयोगसंगै पुस्तक र पत्रपत्रिका जस्ता परम्परागत माध्यमका पाठक घट्नु समाज र राष्ट्रका लागी पनि चासोको विषय बन्नु पर्नेम जोड  दिए ।
अध्यक्ष चौधरीले यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतीको श्रीबृद्धिमा टेवा पुर्‍याउने विश्वास समेत व्यक्त गरे । उनले शैक्षिकस्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला संस्कृतिको संरक्षण र विकासका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
१३ दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोषसँग सम्बन्धीत २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन् । 
१ हजार ६ सय भन्दा लेखकको कृती राखिएको प्रदर्शनी असोज ३ सम्म चल्ने र उक्त अवधीभर विभिन्न विद्याका पुस्तकमा २५ देखी ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको साझा प्रकाशन राजविराज शाखा प्रमुख मनोज कुमार माझीले जानकारी दिए।
उक्त अवसरमा राष्ट्रिय मुक्ति पार्टीका महासचिव गजेन्द्र मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वसभापति धिरेन्द्र प्रसाद साह, पत्रकार महासंघका उपाध्यक्ष सुधा देव, कार्यसमिति सदस्य बृजमान तामाङ, रामनारायण यादव, रक्षा चौधरी, प्रेस मञ्च सप्तरी अध्यक्ष धर्मपाल राउत  पूर्व सदस्य कान्तिपुरकर्मी विद्यानन्द राम, पत्रकार रामशंकर भण्डारी, राजविराज नगरपालिका वडा नम्बर ७ का सदस्य रमानन्द देवलगायतका उपस्थिति थियो ।