रामनाथ यादव
राजविराज , १९ भादाै
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी ,वलल्भ , नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीमा प्राथमिक स्तरमा न्यून विद्यार्थी उपस्थित हुने गरेको छ । सप्तरीको पुरानाे ग्रामीण सामुदायिक विद्यालय जसकाे २००६ सालमै स्थापना भएकाे विद्यालयमा प्रावि स्तरमा १ सय २५ जना वालवालिकाहरु अध्ययनरत छन् ।
कक्षाकाेठा र शिक्षककाे अभाव नभएपनि विद्यार्थीकाे संख्या भने न्यून रहेकाे स्थानीयले बताए ।
विहीवार न्यूज टुडे प्रतिनिधि विद्यालयमा पुग्दा विद्यार्थी संख्या न्यून भेटिएको थियो। । सहायक प्रधानाध्यापक विनाेद झाका अनुसार प्रावि तहमा कम विद्यार्थी आउनुका कारण गाउँ गाउँमा विद्यालय भएकाेले विद्यार्थी न्यून उपस्थिति रहेकाे बताए ।
बिहीवार उपस्थित विद्यार्थी संख्या अनुसार वालकक्षामा २ जना,कक्षा १ मा २ जना , कक्षा २ मा २ जना , कक्षा ३ मा २ जना,कक्षा ४ मा २ जना र कक्षा ५ मा ७ जना गरि जम्मा १७ जना विद्यार्थी उपस्थित रहेकाे थियाे ।
सामुदायिक विद्यालयमा सरकारले बर्षेनी लगानी बढाउँदै लगेको भए पनि आम अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । सामुदायिक विद्यालयमा सरकारले लगानी बढाए पनि गुणस्तर सुधार गर्न नसक्दा सामुदायिक विद्यालयका अभिभावकले गुणस्तरी शिक्षाको विकल्प रोज्न थालेका छन् । निजीको तुलनामा सामुदायिकमा विद्यार्थीको संख्या भने घट्दै गइरहेको देखिएको छ ।
विद्यालयमा दिनप्रतिदिन विद्यार्थीको सङ्ख्या घट्दै गएपनि विद्यालयका प्रधानाध्यापक विपिन झा अधिकांश वहिरी कामकाजमा व्यस्त रहने गरेको एक शिक्षकले वताए