• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बार इकाईद्वारा न्यायाधीशहरुलाई सम्मान तथा विदाई

बार इकाईद्वारा न्यायाधीशहरुलाई सम्मान तथा विदाई
न्यूज टुडे
राजविराज,१९ भदौ ।
उच्च अदालत जनकपुर-राजविराज इजलास तथा  सप्तरी जिल्ला अदालतका न्यायाधीशहरुलाई सम्मानका साथ विदाई गरिएको छ । उच्च अदालत बार एशोशिएशन राजविराजद्वारा  बुधबार आयोजित एक समारोहका वीच  न्यायाधीशहरूलाई बिदाइ गरेको हो ।
सरुवा भएका उच्च अदालत राजविराजका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञावलीले सप्तरीप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।
´यहाँ आउनेले कहिले खुट्टा कमाउनु पर्दैन् । यस जिल्लामा सहज रूपमा काम गर्ने वातावरण छ ‘ उनले भने, ‘बार चुप लागेर बस्ने संस्था होइन् । बोल्ने ठाउँमा निर्धक भएर बोल्नुपर्छ । ‘
उनले प्रविधि विकास भएको बेला प्रविधिसँँग सामना गर्नका निम्ति कानून व्यवसायी र न्यायाधीशहरु  तयार हुनुपर्नेमा जोड दिए ।
 उच्च बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित  कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली,न्यायाधीशहरू सरला कुमारी पाण्डे,अर्जुन अधिकारी,पूर्ण प्रसाद राजवंशी,कृष्णप्रसाद सुवेदी,नारायण प्रसाद सुवेदी,कोहलचन्द्र सुवेदी तथा सप्तरी जिल्ला अदालत राजविराजका माननीय न्यायाधीश दिपक कुमार दाहाल,टंक प्रसाद महत लगायतलाई संयुक्त रूपमा बिदाइ तथा सम्मान  गरिएको थियो । 
कार्यक्रमका वक्ताहरूले यसपालि दुवै अदालतको न्यायाधीशहरूको टिमले सर्वसुलभ,निश्पक्ष र सहज रूपमा गरेको न्याय सम्पादन उत्कृष्ट रहेको बताए । सेवाग्राहीले उहाँहरूको पालामा निष्पक्ष न्याय पाएको महशुस गरेको उल्लेख गरे ।
ऊनीहरुले उच्च अदालतको वरिष्ठम न्यायाधीश ज्ञवालीको टीमले न्याय सम्पादनका लागि खेलेको भुमिका को प्रशंसा गरे । न्यायाधीशको यो टिमलाई उदाहरणको रूपमा प्रस्तुत गर्ने बारले मौका पाएको बक्ताहरुको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजका न्यायाधीश सरला पाण्डे ,पूर्ण प्रसाद राजवंशी सप्तरी जिल्ला अदालतका दिपक कुमार दाहाल,बरिस्ठ कृष्णानन्द देव ,महेन्द्र चौधरी डा. देवनारायण यादव, अधिवक्ता सुजित पोखरेल, भानुभक्त,निरौला, बौद्धकृष्ण भगत ,तदर्थ समितिको संयोजक रमेश बहादुर थापा,रामचन्द्र यादव बारका पूर्व अध्यक्ष श्यामनारायण साह,बिजय साह,रमानन्द साह हेमनारायण चौधरी,भरत यादव ,उच्च अदालतका, सह न्यायधिवक्ता सुदिप,अधिवक्ताहरू बलराम सिंह,पार्वती चौधरी,बाल किशोर यादव,कामेश्वर यादव लगायतले मन्तव्य व्यक्त गरे । 
कार्यक्रममा संचालन उच्च बार एशोसिएसनका सचिव दानो कुमारी चौधरीले गरेकी थिइन् ।