तिलगंगा कन्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगर र कृति सामुदायिक स्वास्थ उपचार केन्द्र कन्चनरुप १२ रुपनगरले संयुक्त रुपमा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कृति सामुदायिक स्वास्थ उपचार केन्द्रको प्राङ्गणमा बिहीवार आँखा केन्द्रका आँखा स्वास्थ कार्यकर्ता अनिल साउदलाइ संयुक्त रुपमा अबिरको टीका लगाइ खादा ओढाएर बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा बोल्दै रुपनगगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दिपककुमार गजुरेलले अनिल साउद समाजले रुचाएको सामाजिक अभियान्ता र समाजलाई रुपान्तरण गरेर अगाडी बढनु पर्छ , समाजलाई युवाहरूले केही गरेर देखाउनु पर्छ र युवाहरु नमुना बन्नु पर्छ भनेर उहाँले काम गर्नु हुन्थ्यो यसैगरी काम गरि रहेको अवस्थामा उहाँको सरुवा हुनु रुपनगर बासीको मात्र नभएर सप्तरी जिल्लालाई नै ठुलो घाटा भएको बताए ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्यले साउदको करिब २ बर्षको रुपनगरको बसाइमा स्वास्थ क्षेत्रको मात्र नभइ सामाजिक क्षेत्रमा समेत राम्रो काम गरेको अनुभव सुनाए । साउदले रास्ट्रको नाममा २ घण्टा योगदान भन्ने कार्यक्रम हप्ताको प्रत्येक शनिबार निशुल्क रुपमा सुगर , प्रेसर र आँखाको जाच गरि कन्चनरुप बासिलाइ सेवा समेत प्रदान गरेका थिए ।
समाजलाई सकारात्मक सोचका साथ युवाहरुले परिवर्तन गर्न सक्छन भन्ने सोचका धनी साउदको सरुवाले रुपनगर बासिलाइ ठुलो घाटा भएको उनले बताए ।