• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजविराजमा खानेपानीको पाइप फुट्दा रोगको महामारी फैलिने खतरा

राजविराजमा खानेपानीको पाइप फुट्दा रोगको महामारी फैलिने खतरा
न्यूज टुडे
राजविराज, १९ भदौ । 
राजविराज सदरमुकामको मुख्य बजारमा खानेपानीको पाइप फुट्दा रोगको महामारी फैलिने खतरा देखिएको छ । राजविराज नगरपालिका ७ स्थित हटिया क्षेत्रमा फोहरको नाली भएको स्थानमा खानेपानीको पाइप फुटेको हो । 
स्थानीयबासी समेत रहेका पत्रकार शिव नारायण साह ( सुरज) ले बिहिवार खानेपानी फुटेको पाइपबाट पानी निस्किएको दृश्यको भिडियो सार्वजनिक गरेका हुन् । उनले राजविराज नगरपालिका, हटिया निर्माण ठेकेदार र खानेपानी संस्थानको लापरबाहीले हैजा फैलिने खतरा बढेको टिप्पणी गरेका छन् । 
“यो हेर्नुस् ! राजविराज हटिया स्थित कृष्णामन्दिर राजविराज नगरपालिका र खानेपानी संस्थानको लापरबाही’ सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै उनले भनेका छन्,’ यहाँ एउटा खुला नालाको जोडमा पाईप क्रस भएको छ, जुन पाइप फुटेको छ, पत्रकार साहले थपेका छन्,’ ढलको पानी जव खानेपानीको पानी अफ रहन्छ त्यो समयमा यो नालाको पानी खानेपानीको नालामा प्रवेश गर्छ, त्यही पानी उपभोक्ता खाना बाध्य हुन्छ ।’
हालै हेर्नू भएकै छ, पर्सा जिल्लाको वीरगन्जमा  हैजा फैलिएको छ, यस्तै-यस्तै कारणले खानेपानी दुषित हुने बताउदै उनले यस ठाउँका सरोकारवाला निकायहरु कुम्भकर्णको निन्द्रामा हुन्छ भन्दै कडा आलोचना गरेका छन् । 
 सरोकारवालाको कमजोरीसहित औल्याइको पत्रकार साहले  सार्वजनिक गरेको भिडियो अहिले सामाजिक संजाल फेसबुक्मा भाइरल भएको छ ।