सप्तरी मिडिया हाउस प्रालिद्वारा संचालित सप्तरी एफएम ९८.५ मेगाहर्ज तेस्रो बर्षमा प्रवेश गरेको छ । दोश्रो बर्षपुरा गरि तेस्रो बर्षमा प्रवेश गरेको उपल्क्ष्यमा बुधबार एसएमद्वारा साँस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना गरेको हाे ।
शुभकामना मन्तव्य व्यक्त गर्दै विशिष्ट अतिथि महादेवा गाउँपालिका अध्यक्ष मण्डल । फोटो : न्यूज टुडे
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १० स्थित रहेको सप्तरी एफएमका स्टेशन म्यानेजर कमल कुमार मण्डलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहकाे प्रमुख आतिथ्ययमा कार्यक्रम सम्पन्न भएको थियो ।
सम्मान ग्रहण गर्दै न्यूज टुडेकर्मी पत्रकार रामनाथ यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले याे एफएम खासगरी ग्रामीण भेगमा रहेकाे हुँदा ग्रामीण स्तरमा सूचनाको राम्रो सेवा प्रवाह गरेको बताए ।
“संचार माध्यम मापदण्ड अनुसार दर्ता गरेर संचालन गर्नुपर्छ’ उनले भने,’अहिले मिडियाकाे अवस्था त्यति राम्रो छैन । विभिन्न मिडिया , एफएम चलाउने अवसर गणतन्त्रकाे उपज हाे । संचार पनि विकासको एउटा अंग हाे ।’
उनले संचार माध्यम र पत्रकार माथि सरकारले पनि विश्वास गरेकाेले संचार क्षेत्रलाई लाेक प्रियता वढाउनु पर्नेमा जाेड दिए ।
महादेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले अहिलेकाे समाजमा विकृति र विसंगति वढदै गएकाेले यसलाई राेकथामका लागि मिडियाकाे महत्त्वपूर्ण भूमिका रहने बताए। समाजमा जनचेतना मूलक सन्देशकाे आवश्यकता रहेको उल्लेख गर्दै उनले अश्लील शब्दप्रति ध्यान दिनु अति आवश्यक रहेकाे वताए ।
कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिका ११ का वडा अध्यक्ष साकिल खाँ,पत्रकार ओम प्रकाश साह,प्रेस चाैतारीका जिल्ला अध्यक्ष डम्बर राई,पत्रकार महासंघका सह सचिव कृष्ण कुमार मण्डल ,पत्रकार भूपदेव माली, जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक जुली ठाकुर, कलाकार गुरुचरण मण्डल,स्थानीय युवा उदितनारायण मण्डललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा पत्रकार धिरेन्द्र प्रसाद साह,डम्बर राई,ओम प्रकाश साह, कृष्ण कुमार मण्डल, रामनाथ यादव, भूपदेव माली लगायतलाई गम्छा,अविर र मायाकाे चिनाे दिएर सम्मान गरिएको थियाे ।