• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रेस मञ्च मधेश प्रदेशको दोश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः अभरेन्द्र

प्रेस मञ्च मधेश प्रदेशको दोश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः अभरेन्द्र
न्यूज टुडे
राजविराज,१७ भदौ । 
जनता समाजवादी पार्टी(जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको  दोश्रो अधिबेशन सम्पन्न भएको छ ।  सिरहाको मिर्चैया नगरपालिकामा  मंगलबार सम्पन्न अधिबेशनले अभरेन्द्र कुमार यादवको नेतृत्वमा २१ सदस्यीय  प्रदेश समिति गठनगरेको हो । 
गठित समितिको उपाध्यक्षमा रामहृदय यादव(धनुषा), माला राय(धनुषा), मुख्यसचिवमा प्रवेश कुमार मिश्र(सप्तरी, सचिवमा नागेन्द्र यादव(महोत्तरी),  प्रभा कुमारी यादव(पर्सा) र समावेशी सचिवमा राम पुकार राउत(रौतहट) र सरोज कुमार यादव(सर्लाही) र  कोषाध्यक्षमा राजेश कुमार सिंह चयन भएका छन् । 
यसैगरी समितिको  सदस्यहरुमा उमेश यादव(रौतहट), राजेश प्रसाद यादव(बारा), शितल साह(सिरहा), ओमप्रकाश यादव(सिरहा), विनय कुमार अधिकारी(धनुषा), बह्मान्नद ठाकुर(धनुषा) र मेवालाल यादव(रौतहट) सदस्यमा चयन भएका छन् । 
त्यस्तै, महिला सदस्यमा रश्मी पटेल(रौतहट), आदिवासी जनजाती तर्फ जितेन्द्र सिंह दनुवार(सिरहा) र ज्ञानेश्वर मण्डल(सर्लाही) रहेका छन् भने साविर आलम मुस्लिम सदस्यमा चयन भएका छन् । 
अधिवेशनमा मधेश प्रदेशको ८ जिल्ला र अन्य प्रदेशबाट समेत जिल्ला पार्षद, केन्द्रिय पार्षदको सहमती मै अध्यक्षमा यादव सर्वसहमती चयन भएको निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीले जनाएका छन् । 
निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीका अनुसार सो समिति दुईपक्षीय सहमतीका आधारमा समिति सर्वसहमति मै समिति चयन भएको हो ।  
चयन समितिलाई प्रेस मञ्च नेपालका अध्यक्ष कमन देवान, उपाध्यक्ष मनोज कुमार यादव सहित केन्द्रिय पदाधिकारीहरुले बधाई तथा शुभकामना दिएका थिए ।