नर्मदेव यादव
रुपनी,१६ भदौ ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ का राजेन्द्र यादवको घरमा चोरी भएको छ । आइतबार अन्दाजी राती १२ बजेको समयमा यादवको घरमा चोरी भएको हो ।
चोरहरुको समूहले ढोकाको ताला फोरेर घरभित्र पसी नगद तीन लाख, सुनचाँदीको गहना, मोवाइल १ थान चोरेर लगेको यादवले जानकारी दिए । चोरी भएको थाहा पाउनसाथ इलाका प्रहरी कार्यलय रुपनीका टोलीसहित रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव घटना स्थलमा पुगेर जानकारी लिएका थिए ।
इलाका प्रहरी कार्यलय रुपनीका इन्चार्ज प्रहरी नायब निरीक्षक तुलसी यादवले चोरीको घटना बारे अनुसन्धान भइरहेको तथा संलग्नहरुको खोजी भरहेको बताए ।
केही दिन यता रुपनी बजार क्षेत्रमा चोरीको घटना वृद्धि हुँदा स्थानीयबासी त्रसित भएका छन् । एकहप्ता भित्र आधा दर्जनबढी चोरीको घटना हुँदा समेत चोरीमा संलग्न व्यक्तिहरु फेला नपरेको स्थानीयहरुले बताएका छन् ।