• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शिक्षा ऐनमा निजि विद्यालय बिरुद्वका बुँदाहरु हटाउन माग गर्दै  प्रदर्शन  

शिक्षा ऐनमा निजि विद्यालय बिरुद्वका बुँदाहरु हटाउन माग गर्दै  प्रदर्शन  
शिवप्रसाद आचार्य
राजविराज, १६ भदौ । 
सप्तरीका निजि बिधालयहरुले राजबिराजमा  सोमबार बिरोध प्रदर्शन  गरेका छन् । संघीय सरकारले ल्याउन लागेको बिधालय शिक्षा ऐनमा भएको निजि बिधालय बिरुद्वका बुँदाहरु हटाउन माग गर्दै  निजि विद्यालय संचालकहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
संघीय सरकारले निजि बिधालयलाई गैर नाफा मुलक बनाउने,कम्पनी खारेजी तथा अनावश्यक छात्रबृतीको बखेडा झिकेको  भन्दै निजि बिधालयले त्यस्को बिरोध सुरु गरेको हो ।
निजि बिधालयले  ल्याउन लागेको ऐन बिरुद्व केही दिन अगाडि बिधालयका सबारी सडकमा रित्तो कुदाएर बिरोध सुरु गरेका सप्तरीका निजि बिधालयले राजबिराजमा शान्तिपुर्ण बिरोध र्‍याली निकालेको प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिल झाले बताए । 
 स्थानीय शिवमन्दिरबाट निस्केको बिरोध र्‍याली  नगरको विभिन्न भाग परिक्रमा गरि  सोही स्थानमा पुगेर कोण सभामा परिणत भएका थिए । 
 कोणसभालाई  सम्बोधन गर्दै निजि बिधालयका छाता संगठन  प्याब्सनका केन्द्रीय उपाध्यक्ष झाले  सरकारले निजि बिधालयलाई बन्धक बनाएर नेपाली बिधार्थीलाई बिदेश जान बाध्य पारेको बताए।  शिक्षाका नाममा बिदेश पलाएन भै राखेको पैसालाई निजि बिधालयले रोकन प्रय्त्न गरिराखेको भए पनि सरकारले त्यसलाइ  नजर अन्दाज गरि राखेको बताए। 
मधेश प्रदेशका उपाध्यक्ष अरुण देबले निजि बिधालयले हाल पनि गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिराखेको भए पनि सरकारले घुमाउरो पारामा पुर्ण छात्रवृत्ति भन्ने शब्द राखी निजि बिधालयलाई अनावश्यक बोझ बोकाउन खोजी रहेको बताए। 
विरोध सभालाई प्याब्सनका जिल्ला अध्यक्ष उग्रकान्त झा,नेपाल प्याब्सनका काबा जिल्ला अध्यक्ष मनोज यादब लगायत ले मन्तब्य ब्यक्त गरेका थिए।