• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अस्ताए रंगकर्मी छ्ल बहादुर राना मगर
न्यूज टुडे

राजविराज,१६ भदौ ।  

रंगकर्मी छल बहादुर राना मगरको निधन भएको छ । करेन्ट लागेर सख्त घाइते राना मगरको उपचारको क्रममा सोमबार ७०बर्षको उमेरमा निधन भएको हो ।
सर्लाहीको बागमती नगरपालिका १ निवासी मगर  गत भदौ १० गते तीज महोत्सवको अवसरमा आयोजित कार्यक्रममा लगाएको साउण्ड सिस्टम खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । 
उनलाई तत्कालै हेलिकप्टरबाट उपचारका लागि काठमाडौ स्थित कृतिपुर अस्पताल लगिएपनि उपचारको क्रममा आइतबार  ९ बजे राती उपचारकै क्रममा निधन भएको नेपाल मगर संघ मधेस प्रदेशका महासचिव तेज नारायण आले मगरले बताए ।
स्वर्गीय मगरको पार्थिव शरीरमा नेपाल मगर संघ मधेस प्रदेश समिति,जिल्ला समिति तथा विभिन्न साँस्कृतिक समुहले  अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेपाली सेनाले सलामी दिएर सोमबार जातीय परम्परा अनुसार गाउँमै अन्त्यष्टी गरिएको महासचिव आलेले जानकारी दिए ।
नेपाल मगर  संघ  सर्लाहीका पुर्ब जिल्ला सदस्य,नेपाल मगर सास्कृतिक संघका पुर्ब जिल्ला उपाध्यक्ष ,संगीतकार,बासुरी ,हार्मोनियम ,किबोर्ड ,सहनाइ बाधक  मगरको निधनले अपुरणीय क्षति भएको नेपाल मगर संघ मधेस प्रदेश समितिले जनाएको छ । मधेस प्रदेशमा मगर समुदायमा प्रचलित कौडा ,सालैजोका प्रतिपादक ,सस्कृतिकर्मी नृत्यनिर्देशक ,तथा हाल नेपाल मगर चलचित्रकर्मी संघ मधेस प्रदेशका प्रमुख सल्लाहकार स्वर्गीय मगरको निधनप्रति गहिरो दुख व्यक्त गर्दै मगर संघले एक साँस्कृतिक धरोहर गुमाएको बताएका छन् ।  
२०६४ सालदेखि सर्लाही संगीत कलाकेन्द्रमा आवद्ध रही अहोरात्रखटीदै आएका एक सास्कृतिक धरोहर गुमाउनु परेको कलाकार समेत रहेको नेपाल मगर संघका प्रदेश  महासचिव आलेले बताए ।