सप्तरीका नवागंतुक प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पत्रकार र प्रशासन वीचको समन्वयले मात्र सुशासन र सुरक्षा व्यवस्था सुदृढ हुने बताएका छन् । धनकुटाबाट सप्तरी सरुवा भइ आएका प्रजिअ पोखरेलले आइतबार पत्रकारहरुसंग भेटघाट गर्दै यस्तो बताएका हुन् ।
परिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरु । फोटो : न्यूज टुडे
सप्तरीका पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम बोल्दै प्रजिअ पोखरेलले पत्रकारलाई सूचना,सुरक्षा र सम्मानमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।
प्रजिअ पोखरेलले जनतालाई सुसूचित गर्ने, विकृति, वेतिथी नियन्त्रण गर्ने मुख्य दायित्व बोकेका राज्यको चौथो अंग पत्रकारसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
पत्रकार र प्रशासनको नङ्ग मासुको सम्बन्ध हुन्छ’ उनले भने ‘दुबैको एउटै उदेश्य हुन्छ । पत्रकार र प्रशासनको समन्वयले सुशासन थप सुदृढ हुन्छ ।’
निर्दोष नफँसोओस, दोषी न उम्किओस भन्ने धेयले काम गर्नुपर्नेमा जोड दिदै उनले जिल्लाको शान्ति सुरक्षा, सुशासनका कार्यमा कमी आउन नदिने बताए ।
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउनु सरोकारवालाहरुसंग समन्वय गरि अगाडि बढ्ने बताउँदै सिडिओ पोखरेलले यसकालागी सबैको सकारात्मक सहयोग अपरिहार्य नहेको उल्लेख गरे ।
उनले विगतका निर्णयहरुलाई प्राथमिकता दिएर कार्यान्वयनमा लाने बताउँदै सिमा नाकामा हुने चोरी निकासी, तस्करी नियन्त्रण, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण जस्ता जनहितका कार्यमा निस्वार्थ रुपमा लाग्ने बताए ।
जनशक्ति अभावले अतिआवश्यक सेवामा ढिलो भएको स्वीकार गर्दै प्रजिअ पोखरेलले छिटोछरितो सेवा प्रदान गर्न स्थानीय पालिकाहरुसंग समन्वय र सहयोग लिएर अगाडि बढ्ने बताए ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव,उपाध्यक्ष सुधा देव, प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश महासचिव बृजमान तामाङ, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य नर्मदेव यादव, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई, हेमशंकर सिंह, सौरभ यादव, प्रवेश मिश्रले सप्तरीको समग्र अवस्थाको बारे आ-आफ्नो राय सुझावसहितको धारणा राखेका थिए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल सरुवा भएपछि पोखरेल सप्तरी आएका हुन् ।