न्यूज टुडे
राजविराज, १५ भदौ ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले नवागंतुक प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई स्वागत गरेका छन् । आइतबार प्रजिअ पोखरेललाई भेटेर अध्यक्ष झाले फुलमाला र गम्छा ओढाएर स्वागत तथा सम्मान गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष झाले सप्तरी जिल्लाको सुशासन, सुरक्षा र जिल्लाको बस्तुस्थिती बारे सिडिओ पोखरेललाई जानकारी गराएका थिए ।
सप्तरीको ट्राफिक अवस्था, सरसफाइको अवस्था ,
सरकारी कार्यालयबाट दिइने सेवासुविधाको अवस्था, जिल्लामा गर्नुपर्ने महत्त्वपूर्ण कार्यको बारे सिडिओ पोखरेललाई सुझाव दिएको अध्यक्ष झाले जानकारी दिए ।
जिल्लामा आउने नयाँ सिडिओहरुलाई जिल्लाको परिस्थिति र चुनौतीको विषय जानकारी गराउन संगठनको तर्फबाट स्वागत तथा सम्मान कार्यक्रम विगतकै निरन्तरता भएको उनले बताए ।