मधेस प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले नवनिर्मित साँस्कृतिक भवन र ढलान सडकको एकसाथ उद्घाटन गरेका छन् । सप्तकोसी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेनको अध्यक्षतामा शनिबार आयोजित एक समारोहका वीच मन्त्री लेखीले नवनिर्मित भवन र ढलान सडक उद्घाटन गरेका हुन् ।
रिवन काटेर साँस्कृतिक भवन उद्घाटन गर्दै मन्त्री लेखी । फोटो : न्यूज टुडे
सप्तकोसी २ पर्सा स्थित सत्यनारायण टोलमा प्रदेश सरकारको बजेटबाट निर्मित सास्कृतिक भवन तथा प्रदेश सरकारकै ८५ लाखको लागतमा निर्मित ३ सय ६८ मिटर ढलान सडक मन्त्री लेखीले रिवन काटेर उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री लेखी, नेकपा एमालेका नगर अध्यक्ष पारस दाहाल, रास्वपा नगर अध्यक्ष मान प्रसाद लुइटेल, त्रियुगा सहकारीका अध्यक्ष चन्द्रशेखर चौधरी, लागायतले मनतव्य ब्यक्त गरे।
कार्यक्रम संचालन वडा सदस्य रबिन्द्र चौधरीले गरेका थिए।