न्यूज टुडे
राजविराज, १३ भदौ ।
लोसपा नेता अभिराम शर्मासहितका नेताहरुमाथि लगाइएको झुठा मुद्दाको विषयमा लोकतान्त्रिक समाजवादी पार्टीले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुर,वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद सोनाल उपाध्यक्ष एवम् मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले शुक्रबार गृहमन्त्री लेखकलाई भेटेर नेताहरूमाथि लगाइएको झुठा मुद्दा बारे जानकारी गराएका हुन् ।
पार्टीका महासचिव विनोद कुमार सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै शिर्ष नेताहरूले गृहमन्त्री लेखकलाई भेटेर गम्भीर बार्ता गरेर नेताहरू माथी लगाइएको झुठा मुद्दा समाधानको लागि छिटो भन्दा छिटो पहल गर्न जोडदार माग गरिएको जनाइएको छ ।