• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज नगरपालिकाद्वारा भूमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई निस्सा वितरण

राजविराज नगरपालिकाद्वारा भूमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई निस्सा वितरण
नर्मदेव यादव
राजविराज,१३ भदौ। 
सप्तरीको राजविराज नगरपालिकाका भूमिहीन  सुकुम्बासी, भुमीहीन दलित र अव्यवस्थित बसोवासीलाई निस्सा बितरण गरिएको छ। राजविराज नगरपालिकाद्वारा नगरपालिका हलमा शुक्रबार आयोजित एक समारोहका वीच निस्सा वितरण गरिएको हो । 
राजविराज नगरपालिकाकी कार्यबाहक  नगरप्रमुख इसरत परविनको अध्यक्षता तथा भुमी  समस्या समाधान आयोग  जिल्ला समिति सप्तरीका अध्यक्ष अखिलेश कुमार झाको प्रमुख आतिथ्यमा निस्सा वितरण गरिएको थियो । 
२०७९ सालमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीले नगरपालिकाबाट सूचना गरेको अनुसार फारम भरी दर्ता गरेकाहरुलाई निस्सा वितरण गरिएको कार्यबाहक नगरप्रमुख परविनले बताइन् ।
निस्सा वितरण गर्दै प्रमुख अतिथि झाले अहिलेको आयोग अन्तिम आयोग रहेकोले सप्तरीमा रहेको भुमी समस्या  सधैको लागि अन्त्य गर्ने लक्ष्यकासाथ तीब्र गतिमा काम भइरहेको बताए। भूमि आयोगले जिल्लाका सबै पालिकाको वडाहरुमा निशुल्क फारम भरेर बुझाउने गरेको भन्दै उनले फारम भर्न कुनैपनी शुल्क नलाग्ने स्पष्ट पारे । 
भूमि समस्या समाधान आयोग जिल्ला समिति सप्तरीका विज्ञ सदस्य पञ्चदेव चौधरीले  वास्तविक भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीले मात्र जग्गा पाउने बताए। भुमी सम्बन्धि नियम कानूनहरुको बारेमा प्रष्ट पार्दै उनले कानूनभन्दा बाहिर आयोग पनि नरहेको बताए ।
कार्यक्रममा भुमि  समस्या समाधान आयोग  जिल्ला समिति सप्तरीका सदस्य मो. अनवर अलि,  राजविराज नगरपालिका ८ का अध्यक्ष  एवम् नगर प्रबक्ता जय नरायण मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। 
उक्त अवसरमा भूमिहीन सुकुम्बासी ५ सय ८, भूमिहीन  दलित ६ सय ३६ अव्यवस्थित ५ सय ४५ जनालाई प्रमुख अतिथि झा, कार्यबाहक नगर प्रमुख  परविन लगायतले निस्सा वितरण गरेका थिए ।