• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज -रुपनी सडकमा एक घण्टा चक्काजाम 

राजविराज -रुपनी सडकमा एक घण्टा चक्काजाम 
नर्मदेव यादव
रुपनी, ११ भदौ ।
सडक निर्माणको माग गर्दै राजविराज- रुपनी सडक खण्ड अन्तर्गत  सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर  १ स्थित रुपनीमा बुधबार सडक अवरुद्ध गरिएको छ ।  रुपनी बजारका युवा, बिद्यार्थी, स्थानीयबासीहरुले  सडक निर्माण सहितको विभिन्न माग  राखी १ घण्टा चक्काजाम गरिएको हो । 
टायर बालेर विरोध प्रदर्शन गर्दै स्थानीय । फोटो : न्यूज टुडे
ठेकेदार निर्माण कम्पनीले सडक भत्काएर अलपत्र छोडेका कारण विभिन्न दुर्घटना तथा बाताबरण समेत दुषित भई सडक क्षेत्र तथा बजारबासी प्रभावित भएकोले सडक निर्माण सम्पन्न गर्न माग राखी आन्दोलनमा उत्रिएको स्थानीयले बताए । 
साह कन्ट्र्क्सनले समयमा काम गर्न नसकेपछि खोसेर जेवि  कन्ट्रक्सनलाई सडक निर्माण ठेक्का दिएपनि कामभने कछुवाको गतिमा अगाडि बढेको उनीहरुको गुनासो छ । 
ठेकेदारको लापरबाही विरुद्ध बाध्य भएर सडक बन्द गरेको युवा व्यापारी संतोष यादवले बताए । 
अफ्ट्यारो सडकको फाइदा उठाउँदै सवारी चालकहरुले भाडाबृद्वी गर्दा सर्वसाधारण मर्कामा परेको स्ववियु  पूर्व सभापति रामचन्द्र यादवले बताए। उनले सडक निर्माण कार्य अविलम्ब सक्नुपर्ने,सवारी चालकहरुले उचित भाडा लिनुपर्ने, सडकमा उड्ने धुलो नियन्त्रणका लागि पानीको व्यवस्थापन गर्नुपर्ने माग अगाडी बढाएको बताए । 
आफुहरुले शान्तिपूर्ण रुपमा राखिएको माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिदै उनले यसबाट उत्पन्न असहज परिस्थितिको जिम्मा सम्बन्धित निकायले लिनुपर्ने बताए । 
ठेकेदार कम्पनीका प्रतिनिधि घनश्याम साह, इलाका प्रहरी कार्यलय रुपनीका प्रमुख  प्रहरी नायव निरीक्षक तुलसी यादवले माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेपछि अवरुद्ध सडक खोलिएको थियो । 
स्थानीयले सडकमै टायर बालेर तथा सडकमा बेन्च कुर्सी तेर्साएर प्रदर्शन गरेपछि उक्त मार्ग भएर चल्ने सवारी साधन सडकमै थन्किएको थियो । बन्दका कारण सयौं यात्रुहरु सास्ती खेप्न बाध्य भएका थिए ।