• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रहेनन्  टुटु बाबु : अध्यक्ष यादवद्वारा गहिरो दुख व्यक्त

रहेनन्  टुटु बाबु : अध्यक्ष यादवद्वारा गहिरो दुख व्यक्त
न्यूज टुडे
राजविराज, ११ भदौ । 
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपक कुमार यादव (टुटु बाबु)को   निधन  भएको छ । सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर ३, बथनाहा निवासी यादवक्को ६८ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
उनी विगत केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहँदैआएका थिए । चिकित्सकको निगरानीमा उपचारमा रहेका उनको आफ्नै घरमा निधन भएको जनाइएको छ ।
यसैगरी जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्ष केदार प्रसाद यादवले टुटु वाबुको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् । नेता यादवको निधनले अत्यन्तै मर्माहत तुल्याएको तथा पार्टीमा अपुरणीय क्षति पुगेको भन्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति समवेदना समेत व्यक्त गरेका छन् ।  
महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका उनले आफ्नो कार्यकालमा स्थानीय सडक, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको सुधारलाई प्राथमिकता दिएका थिए । पालिकामा महिला, दलित र युवाको सहभागिता बढाउन उनले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए ।
जनमैत्री र सरल स्वभावका कारण दिपक यादव स्थानीय जनतामाझ लोकप्रिय थिए । उनका बुवा विशेश्वर प्रसाद यादव राणा र पञ्चायती शासन विरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए ।
बुवाकै प्रेरणाले टुटुवाबु  विद्यार्थी जीवनकालदेखि राजनीतिमा होमिएका थिए । पछिल्लो समय प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमा समेत उनले सक्रिय सहभागिता जनाएका थिए । 
उनका एक छोरा, एक छोरी र पत्नी छन् ।