• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा प्रेस संगठनको चौथो स्थापना दिवसमा महिला हिंसा विरुद्ध कार्यक्रम

सप्तरीमा प्रेस संगठनको चौथो स्थापना दिवसमा महिला हिंसा विरुद्ध कार्यक्रम
नर्मदेव यादव 
रुपनी, १० भदौ ।
सप्तरीमा समाजवादी प्रेस संगठनको चौथो स्थापना दिवस मनाइएको छ । समाजवादी प्रेस संगठन सप्तरीको आयोजनामा ऐतिहासिक धार्मिक स्थल शम्भुनाथ मन्दिर परिसरमा मंगलबार आयोजित एक समारोह वीच स्थापना दिवस मनाइएको हो । 
संगठनको स्थापना दिवस,नारीहरुको महान पर्व  हरितालिका तीजको अवसरमा महिला हिंसा, विशेष गरी फेसबुक, टिकटक, म्यासेन्जर जस्ता सामाजिक संजाल र अन्य डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध जनजागरण कार्यक्रम गरिएको समाजवादी प्रेस संगठन सप्तरीले जनाएको छ । 
“जिम्मेवार पत्रकार, समाजवादको आधार” भन्ने नारासहित  आयोजित कार्यक्रममा सामाजिक संजाल र डिजिटल प्लेटफर्मको प्रयोग बढेसँगै महिलामाथि हुने मानसिक, यौनिक र सामाजिक उत्पीडनको जोखिमबारे जानकारी गराइएको थियो। 
बक्ताहरुले महिलाहरूलाई अनलाइन धम्की, अश्लील सामग्री साझा गर्ने, साइबर स्टकिंग, ट्रोलिङ र अफवाह फैलाउने घटनाबाट बच्न सावधान रहन सुझाव दिए ।
,“महिला हिंसा केवल शारीरिक रूपमा सीमित छैन। डिजिटल प्लेटफर्ममा गरिने यस्ता हिंसाले मानसिक स्वास्थ्य, आत्म(सम्मान र सामाजिक प्रतिष्ठामा दीर्घकालीन असर पार्छ।” कार्यक्रममा वक्ताहरूले भने ।
कार्यक्रममा सहभागी महिलाहरूलाई राष्ट्रिय महिला आयोगको टोल(फ्री नम्बर ११४५ र प्रहरी कार्यालयको १०० नम्बर मा जानकारी तथा उजुरी दिन सकिने व्यवस्था भएको जानकारी दिइएको थियो।
स्थानीय महिलाहरूले अनलाइन प्लेटफर्ममा सुरक्षित महसुस हुनुपर्ने माग राखेका थिए।  
“धम्की वा अपमानजनक सन्देशले हाम्रो दिनचर्या मात्र होइन, जीवन नै प्रभावित गर्छ’  एक सहभागी महिलाले भने,’हामी डिजिटल माध्यममा सुरक्षित रहन चाहन्छौं।”
समाजवादी प्रेस संगठन शाखा सप्तरीका अध्यक्ष अनिल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य नर्मदेव यादव, मधेस प्रदेश सचिव प्रमोद चालिसे, अखिल नेपाल महिला संघ सप्तरीकी सचिव मेनका चौधरीलगायतका उपस्थिति थियो ।