रामनाथ चौधरी
महुली,१० भदौ ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ महुली बजारमा मंगलबार तीज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको आयोजनामा तीज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीय मधुमाया सुवेदीको अध्यक्षता तथा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष चौधरी, इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्ले, अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्य, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, खडग प्रसाद कोइरालालगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्थानीय दिपा दाहाल र देविका अधिकारीद्वारा संचालित कार्यक्रममा स्वागत महिला अधिकारकर्मी कल्पना कोइरालाले गरिन ।
कार्यक्रममा संदेशमुलक तीज सम्बन्धित विभिन्न मौलिक संस्कृति झल्काउने गीत तथा संगीतमा स्थानीय महिलाहरुले नृत्य प्रस्तुत गरेका थिए ।