• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज हटियामा मनलाग्दी बट्टी असुली, साना व्यापारी मर्कामा  

राजविराज हटियामा मनलाग्दी बट्टी असुली, साना व्यापारी मर्कामा  
रामनाथ यादव
राजविराज , ०९ भादाै
सप्तरी सदरमुकाम राजविराज हटियामा मनपर्दी बट्टी असुली गरेको पाइएको छ ।  बाहिराबाट आउने  साना व्यापारीहरुसंग मनलाग्दी बट्टी असुली गरेको पाइएको हो । 
राजविराजमा हटियामा रु ३० देखि ५ सयसम्म मनपर्दी बट्टी असुल्ने गरेको व्यापारीहरुले आराेप लगाएकाे छ । हटियामा मनपरी ढंगले  बट्टी  उठाइएको  माटाका भाँडा व्यापारी श्रीलाल पंडितले गुनासो गरे । 
मसंग १ सय ५० रुपैयाँ बट्टी असुल गर्‍यो” अलिक बोल्न सक्नेले ५० रुपैया मात्र दिए पुग्छ’ उनले भने,’यहाँ मुख ताकेर बट्टी असुली हुन्छ’ कसैलाई भन्दापनि सुनिदिने कोही हुँदैन । ‘
राजविराज हटियामा १० गुना बट्टी  असुली गरेपनि बसेर बेच्ने ठाउँ उपलब्ध नहुँदा  साह्रै समस्या हुने गरेको उनी बताउँछन् ।कसैको पसल अगाडि सामान राखेर वेच्दा गाली , धम्की सहनु पर्ने वाध्यता रहेकाे उनको दुखेसो छ ।
 बजारमा ठेकेदारका मान्छे  बताउने समुहले दुई सयकाे रसिद दिएर जवर्जस्ती धाकधमकी दिदै रकम असुली गर्दै  आएको व्यापारी इनरवती देवी पंडितले बताइन् ।
 हटियामा एकजना व्यापारीवाट तीस रुपैया देखि पाँच सय सम्म उठाउने गरेको उनले बताइन् ।
 ‘हटियावाट उठाउँदै आएकाे रसिदकाे रकम के कहाँ जम्मा गरिन्छ  केही जानकारी दिदैन।’  उनले भने । 
माटाको भाँडा बेच्दा दिनको एक सय पचाससम्मको व्यापार हुँदा  दुई सय रुपैयाँ बट्टी तिर्नु परेको  एक व्यापारीले दुखेसो सुनाए । 
 पुरानाे व्यापारीहरुसंग सानाे पसल हाेस वा ठूलाे  एक दिनकाे तीस रुपैयाँ मात्र लिने हटियामा पानी पुरीको व्यापार गर्दै आएको अरविन्द साहले वताए ।
 व्यापारीहरुलाई सामान वेच्नका लागि ठाउँकाे व्यवस्था गर्न सकिएकाे छैन’ साहले भने,” व्यापारीहरु जहाँ ठाउँ पायाे त्यहीँ वेच्न वाध्य  छन् तर बट्टी भने मनलाग्दी उठाउँछन् ।’
हटियामा बट्टी उठाउँदै आएका शिवराम यादवले व्यापारीहरुसंग  मनलाग्दी बट्टी उठाएको स्वीकार गर्दै  एक दिनमा जति सामान थपिन्छ सोही अनुसार रकम थप हुने बताए ।