न्यूज टुडे
राजविराज,०९ भदौ ।
सर्लाहीको बरहथवा नगरपालिका–७ का नेपाली काँग्रेससहित विभिन्न पार्टी परित्याग गरि आधादर्जन नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीद्वारा बरहथवामा सोमबार आयोजित एक समारोहका वीच उनीहरु जनमत प्रवेश गरेका हुन् ।
राष्ट्रिय परिषद सदस्य ई. त्रिभुवन सिंहको पहलम बरहथवा नगरपालिका–७ का स्थानीय वासी तथा अवकाश प्राप्त कार्यालय प्रमुख (नेपाल दूध संस्थान) गगन्देव साह, प्रेम साह, बरहथवा–३ का इन्जिनियर हृदय नारायण कुशवाहा, बरहथवा–५ का श्री सञ्जय गुप्ता र बरहथवा–१३ का श्री शिवपूजन साह सहितका नेता कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनाएको छ ।
ऊनीहरुलाई जनमत पार्टीका उपाध्यक्ष एवम् मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री ई.बसन्त कुमार कुशवाहाले पार्टीमा स्वागत गरे ।
मन्त्री कुशवाहाले जनमत पार्टीले नयाँ सदस्यहरूलाई पार्टीमा प्रवेश गराउँदै समाज रूपान्तरण, विकास र सुशासनको अभियानमा सक्रिय योगदान पुग्ने विश्वास व्यक्त गरे ।
पार्टी प्रवेशका अवसरमा जनमत पार्टीका नेताहरूले नवप्रवेशीहरुलाई स्वागत गर्दै जनमत परिवारमा आबद्ध भएकोमा धन्यवाद प्रकट गरे ।