• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनगरमा तीजको अवसरमा शुभकामना आदानप्रदान

रुपनगरमा तीजको अवसरमा शुभकामना आदानप्रदान
उत्तम आचार्य 
क्न्चनरुप , ९ भदौ ।
नेकपा एमाले को भातृ संगठन अखिल नेपाल महिला संघ कन्चनरुप नगर कमिटी ले तिज र जितिया पर्वको उपलक्ष्यमा दर खाने कार्यक्रम आयोजना गरेको छ ।  
सोमबार फुलवारि पार्टी प्यालेस रुपनगर चोकमा अखिल नेपाल महिला संघ कि केन्द्रिय सदस्य आसरादेवि चौधरीको अध्यक्षता तथा  नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा तीज र जितिया पर्वको अबसरमा शुभकामना अदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गरिएको हो ।
शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
 कार्यक्रममा बोल्दै प्रमुख अतिथि   प्याकुरेलले हामी सामाजिक प्राणी हौ त्यसैले विभिन्न जातजाति र भाषाभाषीले चाडपर्वमा रमाउने गरेको बताए । 
उनले त्यसैले आज हामि महिलाहरुको महान पर्व हरितालिका तीज र जितिया पर्वको उपलक्ष्यमा एक आपसमा भएक दुख  सुख साटासाट गर्न र मनोरञ्जन गर्न हामी भेला हुन पाएको भन्दै खुशी व्यक्त गरे ।
महिला समाज परिवर्तनको वाहक रहेको भन्दै उनले महिला शक्ति नै यस्तो शक्ति हो की समाजमा भएको कुरुती भ्रस्टाचार,महिला उपर हुने शोषण भेदभाव विरुद्धमा कहिले हार नमानी सफल हुने बताए ।
उनले चाडपर्वलाइ भड्किलो र खर्चिलो नबनाउन आग्रह गरे ।
 तीजमा भेला हुने, खाने काम मात्रैले लक्षित उपलब्धि हासिल नहुने  जिकिर गर्दै  उनले परिवर्तन र समाज सुधारका काममा पनि महिलाहरु लाग्नुपर्नेमा जोड दिए ।
मधेसी आयोगकी सदस्य आभासेतु सिंहले पुर्विय सभ्यता अनुसार धनी र गरिव बिच भेदभाव नहुने गरि समान र सहज तरिकाले चाडपर्व मनाउनु पर्नेमा जोड दिइन ।
नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् कन्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त मिश्रले आफ्नो स्वास्थलाई ख्याल गरि चाडपर्व मनाउन आग्रह गरे ।
शिक्षामा पहुँच नभएर महिलाहरु पछि पर्नुको मुख्य कारण रहेको बताउदै  उनले महिलाहरुले शिक्षामा बिशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याए ।
समाजसेवी सुरेश पोखरेलले नेपाल सानो मुलुक रहेर पनि विभिन्न जातजाति , भाषाभाषी तथा धर्म संस्कृति बोकेको मुलुक संसारमा नेपाल पहिलो रहेको बताए ।