• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अमरनाथ झा स्मृति पुरस्कार छनौट समिति गठन

अमरनाथ झा स्मृति पुरस्कार छनौट समिति गठन
न्यूज टुडे
राजविराज,०९ भदौ । 
अमरनाथ झा मेमोरियल ट्रष्टद्वारा २०८२ सालमा प्रदान गरिने अमरनाथ झा स्मृति पुरस्कार छनौट समिति गठन गरिएको छ । पुरस्कारका लागि योग्य व्यक्तित्व छनौटका लागि पूर्व शिक्षक दयाकान्त झाको संयोजकत्वमा ७ सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको हो । 
यस वर्षको लागि उक्त पुरस्कार शिक्षा विधामा प्रदान गरिने ट्रष्टले जनाएको छ । 
समितिमा दिनेश्वर मिश्र, निरज कुमार निरज, देव नारायण यादव, जितेन्द्र कुमार झा जितु, प्रवेश कुमार मिश्र र विपीन कुमार यादव सदस्य रहेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गत पर्ने श्री पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीका पूर्व प्रधानाध्यापक रहनु भएका स्वर्गीय अमरनाथ झाको स्मृतिमा ५१ हजार राशीको अमरनाथ झा स्मृति पुरस्कार स्थापना गरिएको ट्रष्टका सल्लाहकार शम्भु झाले बताएका छन् । 
स्वर्गीय झाको दोस्रो स्मृति दिवस भाद्र २१ गते पर्ने भएकोले भाद्र महिना भित्रै पुरस्कार वितरण गर्ने गरि सिफारिश गर्न छनौट समितिलाई जिम्मेवारी तोकिएको सल्लाहकार झाले जानकारी दिएका छन् ।