• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
धरमपुरमा भेटियो एक महिलाको शव
न्यूज टुडे
कञ्चनपुर, ०९भदाै ।
सप्तरीको कञ्चनरुप नगरपालिका–७ धरमपुरस्थित पेट्रोल पम्प नजिक  सोमबार एक महिला वेवारिसे अवस्थामा मृत फेला परेकी छन् । तराई मुलकी जस्तो देखिने अन्दाजी ४० देखि ४५ वर्ष उमेरकी,  मागी खाने  महिला मृत अवस्थामा फेला परेकी हुन् । 
प्रहरी चौकी धरमपुरले जानकारी पाएसँगै प्रहरी टोली घटनास्थल पुगेको जनाएको छ ।
घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख  प्रहरी नायब उपरीक्षक माधव काफ्लेको  कमाण्डमा थप अनुसन्धान टोली खटाइएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको शव परिक्षणका लागि राजविराज पठाइएको तथा मृतकको नाम, थर र वतन खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।