• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अंकुरी महादेव मन्दिरमा अध्यक्ष अधिकारीको प्यानल विजयी

अंकुरी महादेव मन्दिरमा अध्यक्ष अधिकारीको प्यानल विजयी
रामनाथ यादव
राजविराज,०९ भदौ । 
सप्तरीको महादेवा गाउँपालिका २ स्थित रहेको अंकुरी महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा सूर्यनारायण अधिकारी निर्वाचित भएका छन् ।  आइतबार राती सम्पन्न मतपरिणाम अनुसार अधिकारी नेतृत्वको ७ सदस्यीय समिति प्यानलसहित निर्वाचित भएका हुन् ।
अध्यक्षमा अधिकारी १५४ मत ल्याएर विजयी भएका छन् भने राजदेव मण्डलले ५६ मत र देव नन्दन माझीले ३७ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा जय कुमार पैकरा १३० मत ल्याएर विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी धनराज प्रसाद इसरले ६९ मत प्राप्त गरेका छन् । 
यस्तै सचिबमा उमेश कुमार साहले १२३ मत प्राप्त गरि विजयी भएका छन् भने दुर्गा प्रसाद इसरले ६५ मत र संतोष मण्डलले ३० मत प्राप्त गरे । 
समितिको कोषाध्यक्षमा अनुपम कुमारी राउत १३८ मत ल्याएर विजयी भएका छन् भने सरस्वती कुमारी मण्डलले ६० र चम्पा कुमारी मण्डलले ३२ मत प्राप्त गरे । 
अन्य ४ जना सदस्य समेत अधिकारी प्यानलबाटै निर्वाचित भएको निर्वाजन समितिले जनाएको छ । 
मन्दिर व्यवस्थापन समिति नेतृत्व चयनका लागी शनिबार सम्पन्न निर्वाचनमा कुल २९१ मत रहेकोमा २५९ मत खसेको थियो ।