• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शिक्षक फेरबदल (सरुवा)ले विधालयका पढाई प्रभावित

शिक्षक फेरबदल (सरुवा)ले विधालयका पढाई प्रभावित
न्यूज टुडे
राजविराज ,०८ भदौ ।
सप्तरीको महादेवा गाउँपालिका १ स्थित नरबहादुर थापा जनता माध्यमीक विधालय पकरी गोठ सोनरामा कार्यरत शिक्षक फेरबदल(सरुवा)ले विधालयका पढाई प्रभावित हुने गरेको अभिभावक,विधार्थीहरुको गुनासो छ । महादेवा  गाउँकार्यपालिका र शिक्षा शाखाको समन्वयमा शिक्षकहरुको फेरवदल(सरुवा) गरिएकोले विधालयको पठन पाठन प्रभावित भएको हो । 
महादेवा गाउँपालिका १ अन्तर्गत आधारभुत तहका योग्य,क्षमतावान शिक्षकहरुको फेरवदल(सरुवा) गरिएकोले विधालयलाई पठन पाठनमा अधातपुर्ण क्षति हुने देखिएकोले महादेवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जयश्वर किशोर दासले बताए ।।
 अभिभावक,बुद्विजिवी,समाजसेवी,र भु.पु.,निवर्तमान वि.ब्य.स.का. अध्यक्षहरुको उपस्थितिमा छलफल गर्दा सरुवा(फेरवदल) गरिएका आधारभुत विद्यालय शिक्षक नारायण यादव,राप्राविका शिक्षक दिलिप यादव र प्रावि राहत शिक्षिका कामोर कुमारी यादवलाई अबिलम्ब फिर्ता गर्ने निर्णय भएको वडाध्यक्ष दासले बताए  । उनका अनुसार सरुवा फिर्ता निर्णय सहितका पत्र गाउँपालिका अध्यक्षलाई बुझाएको वडाध्यक्ष दासले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष देवनारायण यादवले  अभिभावक,विधार्थीहरुले सरुवा फिर्ता नभए आफुहरु सशक्त आन्दोलनमा जाने समेत चेतावनी दिए । 
यसै वीच ११ वर्षदेखि मावि. राहतका गणित विषय शिक्षक शम्भु यादवलाई आईतवारदेखि कक्षा ८,९ र १० का विधार्थीहरुले कक्षा बहिष्कार गरेको स्थानीय अभिभावक महेन्द्र यादवले जानकारी दिए ।