• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सन्देश बने मधेस प्रदेशको डान्सिङ स्टार, जिते एक लाख 

सन्देश बने मधेस प्रदेशको डान्सिङ स्टार, जिते एक लाख 
शिव प्रसाद आचार्य
फत्तेपुर ,०८ भदौ ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर  २ सिद्दिपुरका सन्देश बिस्वकर्मा मधेस प्रदेशको डान्सिङ स्टार बन्न सफल भएका छन् ।मधेस प्रदेश स्तरीय नृत्य  प्रतियोगितामा बिस्वकर्माले उपाधी चुमेका हुन् ।
मधेस प्रदेशको राजधानी जनकपुर स्थित रहेको मैथिली बिकास कोषको सभाहलमा  आइतबार सम्पन्न फाइनल अडिसनमा अन्य  प्रतिस्पर्धीलाई पछि पार्दै  सन्देश  मधेस प्रदेशको डान्सिङ स्टार भएको सनमुन पिक्चर्सका प्रोपराइटर सन्जय धमलाले जानकारी दिए ।
उपाधी चुमेसंगै सन्देशले नगद एक लाख,ट्रफी र एक म्युजिक भिडियो खेल्न पाउने आयोजक सस्था सनमुन पिक्चर्सका धमलाले बताए। सन्देसले सुरुवाती चरण बाटै आफ्नो नृत्यमा निखारपन ल्याएको र अन्य प्रतिस्पर्धी भन्दा उत्कृष्ट नृत्य प्रस्तुत गरेको आयोजकले  जनाएको छ । 
 नृत्यमा राम्रो दख्खल भएका सन्देश फत्तेपुरमा रहेको पावर मुभ एन्ड मोसन डान्स स्टुडियोमा आबद्व भै आफ्नो नृत्यलाई निखारिरहेका छन।नृत्यमा राम्रो रुचि राख्ने सन्देश  जितसंगै  आफ्नो नगरलाई चिनाउन प्रयासरत रहने बताए। 
गाउँघरका स्टेज प्रोग्राममा आफ्नो राम्रो प्रफर्मेन्स दिदै आएका  सन्देश भबिश्यमा राम्रो  डान्सर बन्ने उनका नृत्य  गुरु पावर मुव एन्ड मोसन डान्स स्टुडियोका प्रोपराइटर नरेश श्रेष्ठले बताए। 
प्रतियोगितामा प्रथम उप बिजेता राहुल ठाकुर,दोस्रो उप बिजेता निलम कुमारी यादब र तेस्रो उप बिजेता  अबि लामिछाने भएका थिए।