• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चन्द्र नहरमा डुवेर सदाको मृत्यु
न्यूज टुडे
राजविराज,०८ भदौ ।
सप्तरीको कञ्चनरुप नगरपालिका ६ घोगनपुर  स्थित चन्द्र नहरमा  डुबेर आइतबार एक जनाको मृत्यु भएको छ । स्थानीय गुलै सदाको छोरा अन्दाजी बर्ष ४६ को सत्रुधन सादा  नुहाउने क्रममा नहरमा डुवेर मृत्यु भएको हो । 
आइतबार मध्यान्ह  १२ : १५ बजे  नुहाउने क्रममा डुबी  हराएकोमा स्थानिहरुले खोज तलास गर्दा सदा मृत अबस्थामा  भेटिएको प्रहरीले जनाएको छ । 
सदालाई नहरबाट बाहिर निकालेको भन्ने जानकारी प्रहरी चौकी धरमपुरमा मध्यान्ह १२;३० बजेको समयमा प्राप्त हुन साथ प्रहरी टोली खटिगई घट्ना स्थल सुरक्षित राखी थप अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय  कंचनपुरले जनाएको छ । 
 घटनास्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक लेख बहादुर बिष्टको कमाण्डमा टोली पुगी कानून प्रक्रिया पूरा गरि शव परिक्षणका लागि राजविराज पठाएको जनाइएको छ । 
घट्ना स्थल प्रहरी चौकी धरपुरबाट २ किलो मीटर उत्तर रहेको प्रहरीले बताएको छ ।