• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा मनाइयो १० औं टिकापुर विद्रोह दिवस :  झुठोमुद्वा फिर्ता नगरे सशक्त आन्दोलनको चेतावनी

सप्तरीमा मनाइयो १० औं टिकापुर विद्रोह दिवस :  झुठोमुद्वा फिर्ता नगरे सशक्त आन्दोलनको चेतावनी
न्यूज टुडे
राजविराज,०७ भदौ । 
टिकापुर थारु विद्रोहको स्मरण गर्दै सप्तरीमा शनिबार दशौ टिकापुर थारु विद्रोह तथा कालो दिवस एवम् विरोध सभा आयोजना गरिएको छ । थारु कल्याण कारिणीसभा सभा सप्तरी तथा थारुहट थारुवान संयुक्त संघर्ष समिति सप्तरीद्वारा  र्‍याली तथा विरोध सभा आयोजना गरेको हो । 
सप्तरीको कल्याणपुरमा निकालिएको विरोध प्रदर्शन । फोटो : न्यूज टुडे
थारु कल्याण कारिणीसभा सप्तरीका सभापति एवम् थारुहट थारुवान संयुक्त संघर्ष समिति सप्तरीका संयोजक भुपेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले टिकापुर  थारु विद्रोहको क्रममा थारु नेताहरुमाथि लगाएको झुठा मुद्दा निसर्त फिर्ता गर्नुपर्ने माग गरे ।  टिकापुर घटना थारु सामुदायले नगरेको जिकिर गर्दै  बक्ताहरुले घटनाको छानबिन गर्न सरकारले गठन गरेको लाल आयोगको प्रतिबेदन अविलम्ब सार्वजनिक गर्न आग्रह गरे । 
उनीहरुले थारु, आदिवासी जनजाति,मधेसी, दलित, महिलाको अधिकार र पहिचानको आन्दोलनका अगुवा नेताकार्यकर्तामाथि झुठो मुद्दा लगाएर फँसाउने कार्य नरोकिए कठोर संघर्षमा उत्रिने चेतावनी दिए । 
राजनीतिक मुद्दालाई राजनीतिक तरहले समाधान खोज्नु पर्नेमा जोड दिदै बक्ताहरुले  राज्यको षड्यन्त्रबाट सचेत हुँदै पहिचान प्रतिनिधि र अधिकारका लागि उत्पीडित जातिसमुदाय गोलबद्व हुनुको विकल्प नरहेको बताए ।
विरोधसभालाई आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवम् मधेस प्रदेशका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखी, थारुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक श्रवण थारु, महासचिव तुलसी थारु, थाकसका केन्द्रीय सदस्य शिव नारायण थारु, आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव एवम् आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष बृजमान तामाङले सम्बोधन गरे । 
यसैगरी  थारुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय  पूर्व प्रबक्ता रामाकान्त चौधरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी पूर्व उपाध्यक्ष मिना चौधरी, थारु कल्याण कारिणी सभा सप्तरीका उपसभापति रामप्रसाद चौधरी, अधिवक्ता दुर्गानन्द चौधरी,महिला नेत्री कल्पना कुमारी चौधरी,पुर्व शिक्षक नागेन्द्र चौधरी, थाकस खडक नगर सभापति विजय चौधरीले समेत सम्बोधन गरे । 
खडक नगरपालिका ७ स्थित कल्याणपुर चौकमा आयोजित विरोधसभाको  संचालन  चर्चित उद्घोषक प्रवीण कुमार चौधरीले गरेका थिए ।
यसअधि खडक नगरपालिका ६ स्थित सामुदायिक वन उपभोक्ता समितिको कार्यालयबाट प्लेकार्डमा उल्लेख  विभिन्न चर्को नारा लगाउँदै कल्याणपुर बजारमा पुगेर विरोधसभामा परिणत भएको थियो ।