रामनाथ चौधरी
महुली, ०७ भदौ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ महुलीमा मदरसा तफेजुल कुरानको भवन निर्माण हुने भएको छ । मदरसा तथेजुल कुरान निर्माण समितिद्वारा महुलीमा शनिबार आयोजित एक समारोहका वीच भवन शिलान्यास गरिएको हो ।
मदरसा तफेजुल कुरान निर्माण समितिका अध्यक्ष मो. अल्लाउदिनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रम वीच अग्नीसाइर क्रुष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले मदरसा भवन शिलान्यास गरिन ।
स्थानीयबासीले चन्दा संकलन गरि रु ३ लाखबाट निर्माण सुरु गरिएको भवनका लागि केन्द्र प्रदेश तथा स्थानीय सरकार र विभिन्न दाताबाट सहयोग संकलन गरि भवन सम्पन्न गरिने अध्यक्ष अल्लाउदिनले बताए ।
भवन शिलान्यास गर्दै उपाध्यक्ष चौधरीले भवन निर्माण गरिएको ब्लक जग्गा मदरसाको नाममा नामसारी गर्न तथा श्रोत व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
उक्त मदरसामा मुश्लिम बालबालिकालाई पठनपाठनको व्यवस्था गरिने निर्माण समितिले जनाएको छ ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, ४ का अध्यक्ष तेज नारायण यादव र स्थानीय जनप्रतिनिधि, मुश्लिम बुद्धिजीवी, समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।