न्यूज टुडे
राजविराज, ०७ भदौ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ हनुमान नगरमा भव्यताको साथ बाबा गणिनाथको जन्मोत्सव तथा पुजनोत्सव मनाइएको छ । हलुवाई समाज नेपाल इकाई समिति हनुमान नगरद्वारा हनुमान नगरमा शनिबार आयोजित एक समारोहका वीच बाबा गणिनाथको जन्मोत्सव तथा पुजनोत्सव मनाएको हो ।
हलुवाई समाजका केन्द्रीय सदस्य स्थानीय समेत रहेका विनोद साहको अध्यक्षता तथा समाजकी केन्द्रीय सदस्य अगुवा महिला रमिला देवी साहको प्रमुख आतिथ्यमा कार्यक्रम आयिजना गरिएको थियो ।
हलुवाई समाजले कुलदेवताको रुपमा मान्दै आएको बाबा गणिनाथको जन्मोत्सव तथा पुजनोत्सवको अबसरमा हनुमान नगरमा झाकीसहित विशाल कलश यात्रा निकालेर नगरको विभिन्न भग परिक्रमा गरी पूजानोत्सव समारोहमा सहभागी भएको आयोजकले जनाएको छ ।
उक्त अवस्थामा हलुवाई समाजका अगुवा तथा स्थानीयबासीले ठूलो संख्यामा सहभागीता जनाएको प्रमुख अतिथि समाजकी केन्द्रीय सदस्य साहले जानकारी दिइन् ।