न्यूज टुडे
राजविराज, ०६ भदौ ।
हरितालिका तीजको अवसर पारेर सप्तरीको राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई शुक्रबार विविध तीज सामग्रीहरू वितरण गरिएको छ। हरितालिका तीज मूल समारोह समिति, राजविराजको आयोजनामा तथा महिला, बालबालिका तथा सामुदायिक विकास केन्द्र (WCCDC), राजविराजको सहकार्यमा उक्त सामाग्री वितरण गरिएको हो।
कार्यक्रममा महिला कैदीहरूलाई चुरा, साडी, टिका, मिठाई, फ्रुटी र नगद समेत प्रदान गरिएको थियो।कारागारभित्र महिलाले पनि पर्वको उल्लास महसुस गर्न सकून् भन्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हरितालिका तीज मूल समारोह समिति संयाेजक नानिमैया कटवाल ( पुनम पाेखरेल) ले बताइन् ।
हामी प्रत्येक वर्ष यस्ता कार्यक्रम गर्दै आएका छौं’कार्यक्रमका संयोजक तथा WCCDC की जिल्ला काेषाअध्यक्ष पोखरेलले भनिन,“ कारागारमा रहेका महिलाहरूले पनि समाजको साथ, माया र सम्मान पाउनुपर्छ भन्ने सन्देश दिन हामी निरन्तर क्रियाशील छौं।”
कार्यक्रममा WCCDC अध्यक्ष अनिता देवकोटाले महिला कैदीहरूप्रति आत्मीयता व्यक्त गर्दै भनिन्,“यो सानो सहयोग तपाईंहरूका लागि प्रेरणा बन्न सकोस् भन्ने हाम्रो चाहना हो। आगामी दिनमा तपाईंहरूको आवश्यकतालाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाउँछौं।”
अधिवक्ता मनु खनालले कानूनी सचेतनाका कुरा उठाउँदै महिला कैदीहरूलाई पुनर्स्थापनाको बाटोतर्फ लैजाने आवश्यकता औल्याइन ।उनले यस्ता कार्यक्रमहरूले मानसिक रूपमा थकित महिलामा नयाँ आशा जगाउने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा मेची–महाकाली बुहारी आवाज, सप्तरीकी कोषाध्यक्ष रत्ना तामाङ, कार्यक्रम संयोजक मोसमी झा,
समुदायिक महिला विकास केन्द्र, सप्तरीकी अध्यक्ष मिरा देव,राजविराज नगरपालिकाकी महिला शाखा प्रमुख कल्पना देव,मिलन बेकरीकी सञ्चालिका अंशु सिंह,लिटिल एन्जल्स सेकन्डरी स्कूल, राजविराजका प्रधानाध्यापक कुषुम देव, करागार प्रमुख गंगालाल याैगी मानव अधिकारकर्मी नविन यादव,लगायतकाे उपस्थिति थियाे ।