• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी खेलकुद विकास समितिका प्रमुख भुजेलको काठमाडौ सरुवा 

सप्तरी खेलकुद विकास समितिका प्रमुख भुजेलको काठमाडौ सरुवा 
न्यूज टुडे
राजविराज, ०६ भदौ । 
सप्तरी जिल्ला खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेल सरुवा भएका छन् ।  प्रमुख भुजेलको तालिम तथा प्रशिक्षण विभाग राष्ट्रिय खेलकुद परिषद काठमाडौ सरुवा भएको हो ।
भारोत्तोलन खेलका प्रमुख प्रशिक्षकको रुपमा काठमाडौ सरुवा भएका भुजेललाई शुक्रबार आयोजित एक समारोहका वीच  सम्मानको साथ विदाई गरिएको छ । 
सप्तरी जिल्ला खेलकुद विकास समिति राजविराजको सभाहलमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टंक प्रसाद मण्डलले सम्मान पत्र र दोसल्ला ओढाएर भुजेललाई  सम्मान गरे ।
कार्यालय प्रमुख भुलेलको विदाई तथा सम्मान कार्यक्रममा  फुटबल, भलिबल, कराँते, कपडी, भारोत्तोलनसहितका विभिन्न खेलका प्रशिक्षक तथा प्रशिक्षार्थीहरु पूर्व खेलाडीहरुले सम्मानका साथ विदाइ गरेका थिए । 
२०७५ सालदेखि कार्यरत भुजेलको सरुवा भएपछि सोही कार्यालयमा कार्यरत मण्डल कार्यालय प्रमुखको जिम्मेवारीमा आएका हुन् ।