• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘हाम्रो संस्कृति र पहिरनले विश्वमा पहिचान बनाएको छ’ : ज्ञवाली

‘हाम्रो संस्कृति र पहिरनले विश्वमा पहिचान बनाएको छ’ : ज्ञवाली
न्यूज टुड
राजविराज,०६ भदौ ।
उच्च अदालत जनकपुर  राजविराज इजलासका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले हाम्रो संस्कृति र पहिरनले हाम्रो पहिचानलाई विश्वमा नै चिनाउन सफल भएको बताएका छन् ।जिल्लाका महिला कानुन व्यावसायीले राजविराज उच्च अदालत बार एशोसिएशन राजविराजमा शुक्रबार आयोजना गरेको तीज तथा जितियाको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रममा बोल्दै न्यायाधीश ज्ञावालीले तीज लगायत पर्वले सामाजिक सद्भाव र सस्तित्वलाई ग्रहण मात्र गरेको छैन भन्दै सोचमा समेत परिवर्तन गर्न सफल भएकोले हामी नेपालीले हाम्रो संस्कृतिमा गौरब गर्नुपर्ने बताए । 
उच्च अदालत जनकपुर राजविराज इजलास तथा जिल्ला अदालतका न्यायाधीश, महिला कर्मचारी तथा अधिवक्ताहरूले तिजको अवसरमा शुभकामना आदानप्रदान गरेर सामुहिक रूपमा दर खाएका छन् ।
कार्यक्रममा सप्तरी जिल्ला अदालतका न्यायाधीश दिपक कुमार दाहाल, उच्च अदालतका न्यायाधीश सरला मोक्तान,सरला कुमारी पाण्डे,लगायतले तिज तथा जितिया कार्यक्रमको शुभकामना व्यक्त गरे।
कार्यक्रम जितियाको बिषयमा अनार चौधरी तथा तिजको विषयमा अवकाश प्राप्त शिक्षिका मंजु श्रेष्ठ ले प्रकाश पारिन् । 
सप्तरी जिल्लामा पनि बिगत केही वर्ष यता हरितालिका तिजको अवसरमा सामुहिक दर खाने प्रचलनमा बृद्धि भएको छ । जिल्लामा तिजको व्रत लिनेको संख्यामा बृद्धि हुदै गएपछि तिजको अवसरमा एक महिना अघि देखि नै समूहमा दर खाने नाचगान गर्ने संख्यामा वृद्धि हुदै गएको छ । 
सोही दिन जिल्लाका शौन्दर्य कला व्यावसायीहरूले समुहमा छुट्ठै दर खाएर नाचगान गरेर रमाईलो गरेका छन्  । यस अघि स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थासँग आबद्ध महिलाले सामुहिक रूपमा दर खाएर तीज लक्षित गीतमा नाचगान गरेका थिए ।
तिजको दरले हामी बिच सकारात्मक एकरूपता कायम गरेको छ भने आपसी सम्बन्ध सुमधुर हुनुका साथै रमाइलो र आनन्द महशुस भएको  कार्यक्रम सहभागीहरु बताउँछन्