सप्तरीको अग्नीसाईर कृष्णासव्रन गाउँपालिका १ घोघिदहामा शुक्रबार मुक्त हरवा चरवा कार्यक्रमको बार्षिक समिक्षा सम्पन्न भएको छ । द फ्रीडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा जिल्लाको विभिन्न स्थानमा संचालित कार्यक्रमको बार्षिक समिक्षा सम्पन्न भएको हो ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुर नारायण चौधरीको अध्यक्षता तथा भूमि समस्या समाधान आयोग सप्तरीका विज्ञ सदस्य पञ्चदेव चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चौधरी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, हरुवा चरुवा अधिकार मञचका महासचिव लागेन्द्र सादा, नेपाल पत्रकार महासंघका प्रतिनिधि बृजमान तामाङ,द फ्रीडम फण्डका सल्लाहकार ब्रहम देव राम, शम्भुनाथ नगरपालिकाका योजना शाखा प्रमुख देव नारायण साह, हरवा चरवा मञ्च डाक्नेश्वरी नगरपालिकाका सदस्य जयप्रकाश रामले कार्यक्रमको महत्व बारे चर्चा गर्दै कार्यक्रमलाई थप प्रभावकारी रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनीहरुले लक्षित समुदायका अगुवा नेतासंग अन्तरक्रिया गरि योजना बनाएर अगाडि बढ्दा परिणाममुखी र उपयोगी हुने सुझाव दिए । कार्यक्रमले राज्यबाट बहिष्कारण र उपेक्षामा परेका विपन्न दलित सुकुम्बासी, भुमीहिन सुकुम्बासी बढी लाभान्वित हुने भएको भन्दै सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता विजली प्रसाद सदाद्वारा संचालित कार्यक्रममा स्वागत टिम लिडर विनोदानन्द चौधरीले गरे । श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक मनोज कुमार गौतमले मुक्त हरवा चरवा कार्यक्रमको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै कार्यक्रमको उदेश्य, उपलब्धि र चुनौती तथा प्रगति बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा शम्भुनाथ नगरपालिका, डाकेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका र रुपनी गाउँपालिका अन्तर्गत जनप्रतिनिधि, कर्मचारी, भुमी समस्या आयोगका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि तथा हरवा चरवा अधिकार मञ्चलगायतका सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो।