नर्मदेव यादव
रुपनी, ०५ भदौ ।
रुपनी महिला बिकास समिति रुपनी गाउँपालिका वडा नम्बर १ रुपनीद्वारा रुपनी बजारमा बिहिवार तीजको उपलक्ष्यमा दर खाने कार्यक्रम आयोजना गरेको छ । रुपनी महिला बिकास समितिकी अध्यक्ष जलेश्वरी देवि यादवको अध्यक्षता तथा रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा तीजको अबसरमा शुभकामना अदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष यादवले महिला समाज परिवर्तनको वाहक रहेको बताए । उनले महिला शक्ति नै यस्तो शक्ति हो कि समाजमा भएको कुरुती भ्रस्टाचार,महिला उपर शोषण भेदभाव विरुद्धमा कहिले हार नमानी सफल हुने बताए ।
तीजमा भेला हुने, खाने काम मात्रैले लक्षित उपलब्धि हासिल नहुने जिकिर गर्दै उनले परिवर्तन र समाज सुधारका काममा पनि महिलाहरु लाग्नुपर्नेमा जोड दिए ।
रुपनी गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादव,रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी,वडा नम्बर १ की वडा अध्यक्ष लिला यादव, रुपनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष वेचनी देवि सरदार, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज कविता ठाकुर, पत्रकार चन्दन कुमार यादव कोशिल्या कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रम संचालन श्रवण यादवले गरेका थिए ।