न्यूज टुडे
राजविराज,०५ भदौमा ।
सप्तरी प्रहरीले गर्भपतन मुद्दाका एक प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको गस्ती टिलीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो ।
गर्भपतन मुद्दामा ४ महिना कैद सजाय तोकिएको सप्तरी विष्णुपुर गाउँपालिका १ मलेकपुरका अरविन्द मण्डल खंगलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
सप्तरी जिल्ला अदालत राजविराजबाट गर्भपतन मुद्दामा बरदात पश्चात् फरर रहेका मण्डललाई नियन्त्रणमा लिई बिहीबार अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।