उत्तम आचार्य
कञ्चनरूप, ५ भदौ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका – ६ मोहनपुरमा बिहीबार विधुत सर्ट भई गाईगोठमा आगलागी भएको छ ।स्थानीय अम्बिका प्रसाद भट्टराईको गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको भएको हो ।
अपरान्ह सवा चार बजेतिर दुई तले गाई गोठमा विद्युत तार जोडिएर आगलागी भएको भट्टराईले जानकारी दिए ।
आगलागीबाट पशु चौपाया क्षति नभएपनि अन्य खाद्यान्न (मकै गहुँ धान तोरी) लगाएत लत्ता कपडा र भुस पराल सहित गोठ पूर्ण रुपमा गोठ भित्रै ध्वस्त भई २ लाख बराबरको क्षति भएको स्थानीय प्रदिप आचार्यले जानकारी दिए ।
घटनापछि स्थानीयवासीहरूले तत्काल खटिएर आगो नियन्त्रणमा लिएका थिए । कञ्चनरुप नगरपालिकाको बारुण यन्त्र करिब १५ मिनेटमा घटनास्थलमा पुगे पनि आगो त्यतिबेलासम्म नियन्त्रणमा आइसकेको आचार्यले बताए ।