न्यूज टुडे
राजविराज, ०४ भदौ ।
सप्तरीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा टुवराज पोखरेल आउने भएका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको दोलखा सरुवा भएपछि पोखरेल सप्तरी आउने भएका हुन् ।
गृह मन्त्रालयको भदौ ४ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणी (रा.प. प्रथम) का १७ जना सीडीओ तथा सह–सचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
उक्त निर्णयअनुसार सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाललाई दोलखा जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ भने धनकुटाका सीडीओ टुवराज पोखरेललाई सप्तरीको प्रमुख जिल्ला अधिकारी रुपमा पठाइएको छ । पोखरेलले अब जिल्लामा प्रशासनिक नेतृत्व सम्हाल्नेछन् ।
गृह मन्त्रालयको यो निर्णयसँगै मुलुकका विभिन्न जिल्लामा सीडीओहरूको व्यापक हेरफेर भएको छ ।