• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘आर्थिक रुपान्तरणमा इटा व्यवसायी ठुलो योगदान छ’: मुख्यमन्त्री सिंह 

‘आर्थिक रुपान्तरणमा इटा व्यवसायी ठुलो योगदान छ’: मुख्यमन्त्री सिंह 
अन्यूज टुडे
राजविराज, ०४ भदौ । 
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकमा इटा उत्पादनमा मधेश प्रदेश अग्रणी रहेको बताएका छन्। जनकपुरधामा बुधबार नेपाल इट्टा उद्योग महासंघ, मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको  उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले  यस्तो बताएका हुन् । 
कार्यक्रममा बोल्दै  मुख्यमन्त्री सिंहले उखु, आँप, माछा र धान लगायतको उत्पादनमा जस्तै इटा उत्पादनमा पनि मधेश प्रदेशको योगदान प्रमुख रहेको बताए। उनले आर्थिक रुपान्तरणमा इटा उधोगी व्यवसायीको अतुलनीय योगदान रहेको चर्चा गर्दै  योगदानको आधार इटा व्यवसायीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए । 
मुलुकभर रहेका करिब १३ सय इट्टा उद्योगमध्ये ७ सय मधेश प्रदेशमा रहेको र तीमध्ये हाल ३ सय २० भन्दा बढी उद्योग सञ्चालनमा रहेको जानकारी उनले दिए।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशवाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि सोअनुसार बजेट प्राप्त नभएको गुनासो गर्दै प्रदेश सरकारको भागको कर बुझाउन स्थानीय तहहरुलाई आग्रह गरे।
“निकासी पैठारी, खोला र मनोरञ्जन लगायतका कर उठाउने पालिकाहरुले उठेको करवाट ४० प्रतिशत प्रदेश सरकारमा पठाउनुपर्ने हो तर पठाएको छैन। प्रदेश सरकारको भाग बुझाउन आग्रह गर्दछु,” उनले भने।
मुख्यमन्त्री सिंहले ईटा उद्योगीहरुलाई पनि प्रदेश सरकारले तोकेको न्युनतम मापदण्ड पुरा गर्नुपर्ने आवश्यकता औंल्याए।
महासंघका अध्यक्ष संजिव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधामका मेयर मनोज साह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधानलगायतका वक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए।