• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजगढ गाउँपालिका  वडा नम्बर ५ का अध्यक्ष देवेन्द्र साहको निधन 

राजगढ गाउँपालिका  वडा नम्बर ५ का अध्यक्ष देवेन्द्र साहको निधन 
न्यूज टुडे
राजविराज,०४ भदौ । 
सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ । भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका वडा अध्यक्ष साहको मंगलबार ६५ बर्षको उमेरमा निधन भएको हो । 
तीन वर्षदेखि क्यान्सर पीडित रहेका साहको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार कै क्रममा  मंगलबार निधन भएको उनका परिवारले जनाएको छ ।
 साह लामो समयदेखि केमोथेरापी चलिरहेको बताउँदै उनले उपचारकै क्रममा उनको निधन भएको जनता समाजवादी पार्टीका नेता शम्भु कुमार यादवले बताए । वडा अध्यक्ष साह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।  
स्वर्गीय साहका दुई छोरा र तीन छोरी छन् ।