• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमत पार्टीले बुझायो नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र

जनमत पार्टीले बुझायो नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र
न्यूज टुडे
  राजविराज, ०३ भदौ ।
जनमत पार्टीले किसानका मागलाई गम्भीरतापूर्वक उठाउँदै नेपाल विद्युत प्राधिकरणसमक्ष पाँचबुँदे माग राखेको छ । करेन्ट लागेर किसानको मृत्यु हुने संख्या बढ्दै गएको भन्दै  मंगलबार पार्टीले त्यसप्रति गम्भिर बन्न नेपाल विद्युत प्राधिकरणलाइ ध्यानाकर्षण गराएको हो ।
जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्र देव शाक्यलाई ज्ञापन पत्र बुझाउँदै  खेतबारीमा विद्युतीय लाइन खस्दा किसानको ज्यान जाने घटना बढिरहेको भन्दै यसलाई तुरुन्त नियन्त्रण गर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा कृषि विद्युतीकरणका लागि छुट्टै मापदण्ड बनाई लागू गर्नुपर्ने,तलको खेतमा पोल वा पोलमा डिस्ट्रीब्युशन बक्सको सुरक्षित व्यवस्था मिलाउनुपर्ने र विद्युतीय कारणले हुने क्षति तथा मृतकलाई क्षतिपूर्ति दिनुपर्ने मांग उल्लेख छ ।
यस्तै  विद्युतीय कृषि बीमा लागू गर्नुपर्ने र कृषि मीटर र बिल निशुल्क गर्नुपर्ने मांग समेत ज्ञापन पत्रमा गरिएको छ ।
‘पार्टीले किसानले आफ्नो खेतमा पोल तथा तारको अव्यवस्थित वितरणका कारण ज्यान गुमाइरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै’, ज्ञापनपत्रमा ‘यस्ता दुर्घटना रोक्न प्राधिकरणलाई तुरुन्त प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।’