• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज नगरपालिका भित्रका कतिपय निजी विद्यालयहरुले विभिन्न शीर्षक राखेर चर्को शुल्क लिने गरेको अभिभावकहरुको गुनासो छ ।
निर्धारित भन्दा बढी शुल्क लिनका लागि विभिन्न शीर्षकमा थप शुल्क लिन थालेपछि बालबालिकाको पढाई खर्च थेगि नसक्नु भएको उनीहरु बताउँछन् । नगरपालिकाले यस प्रकारको बेथितिको अनुगमन गर्ने, बढी शुल्क लिएको फेला परे रोक लगाउने जिम्मेवारी छ । तर नगरपालिका अभिभावकमाथि परेको यस्तो आर्थिक बोझका बारेमा चासो नलिने गरेका कारण अभिभावकहरु आर्थिक शोषणमा परेको अवस्था छ । शुल्क बुझाउन जाँदा पनि कतिपय विद्यालयले कुन–कुन शीर्षकमा कति–कति रकम तिर्नु परेको हो भन्ने कुराको खुलस्त विवरण दिन नचाहने अनि एकमुष्ट बक्यौता रकम बताएर असुली गर्ने गरेको पनि पाईएको छ । निजी विद्यालय मात्र होईन, सामुदायिकले पनि एसईई परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र लिन जाँदा कतिपयले निर्धारित भन्दा तीन गुणासम्म बढी रकम असुल्ने गरेको भेटिएको छ । यसरी लिए वापतको रकमको बील चाहीँ नदिने र बढी रकम तिर्न बाध्य पार्ने गरिएका कारण अभिभावकमाथि अनावश्यक व्यवभार बढेको छ । विद्यालय अनुगमन गर्ने तथा यस प्रकारका बेथिति नियन्त्रणका लागि स्थानीय सरकारको भूमिका रहेका पालिकाहरुमाथि जिम्मेवारी नै छ ।
शिक्षा शाखा छुट्टै हरेक पालिकामा रहँदारहँदै पनि अभिभावकमाथि यसरी  चरम शोषण भईरहन्छ भने पालिकाले आफ्नो जिम्मेवारी पूरा गरेको छ भनी कसरी विश्वस्त हुन सकिएला  ?