• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

काँग्रेस परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनमत प्रवेश

काँग्रेस परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनमत प्रवेश

न्यूज टुडे

राजविराज,०२ भदौ ।।

सर्लाहीको बलरा नगरपालिका–३ का प्रभावशाली नेतासहित दर्जनौं संख्यामा सोमबार जनमत पार्टी प्रवेश गरेका छन् । स्थानीय प्रभावशाली नेता राजीव कुमार मिश्रसहित दर्जनौं नेता–कार्यकर्ता नेपाली काँग्रेस परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका हुन्

। काठमाण्डौस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय नेताहरूले स्वागत गरेका गरे। कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र चौधरी, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, पार्टी प्रवक्ता शरद सिंह यादव, पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य संजयकुमार सिंह र सर्लाही इञ्चार्ज श्रीचन यादवलगायतका नेताले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

उक्तअवसरमा वक्ताहरूले जनमत पार्टी देश र मधेशको हितका लागि वैकल्पिक शक्ति भएर अघि बढिरहेको उल्लेख गर्दै जनताको विश्वास जित्दै गएको धारणा राखे ।

पछिल्लो समय मधेशका विभिन्न जिल्लामा जनमत पार्टीप्रतिको आकर्षण बढ्दै गएको जनमत पार्टी केन्द्रीय समितिले जनाएको छ ।