न्यूज टुडे
राजविराज, ०२ भदौ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा सोमबार खेतमा खनेको खाल्डोको पानीमा डुवेर एक बृद्वाको मृत्यु भएको छ । स्थानीय सितापुर गाउँकी लालु सदाकी पत्नी बर्ष ७२ की सजनी सदाको खेतमा खनेको खाल्डोमा डुवेर मृत्यु भएको हो ।
जर्मन पोखरी छेउमा पश्चिम स्थानमा भएको स्थानीय राजेन्द्र साहको खेतमा खनेको खाल्डोमा जमेको पानीमा डुबेर सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदा डुवेको प्रहरीलाई जानकारी हुनसाथ इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली घटना स्थल पुगि हेर्दा सदा पानीमा डुबेको अवस्था मृत फेला परेको वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले बताए ।
स्थानीयका अनुसार उनी सधै जर्मन पोखरी र नजिकै रहेको खेतको खाल्डाखुल्डीमा घोङ्गी टिप्ने गर्थे । घोङ्गी टिप्ने क्रममा डुवेर सदाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएका छन् ।
स्थानीय मुचुल्कासहित कानूनी प्रक्रिया पुरा गरि मृतक सदाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।