न्यूज टुडे
राजविराज,०१ भदौ ।
पर्सा- कञ्चनपुर–फत्तेपुर सडक खण्ड अन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–२, मा आइतबार सिटी सवारी र मोटरसाइकल ठोकिंदा आधा दर्जनबढी घाइते भएका छन् । बिहान कञ्चनपुरतर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ८८२२ नम्बरको सिटि सफारीलाई सोही दिशातर्फ जाँदै गरेको प्र.१–०५–००२ प १४६ नम्बरको मोटरसाइकलले पछाडि ठक्कर दिंदा दुबै सवारी साधनका झण्डै १ दर्जनबढी यात्रुहरु भएका हुन् ।
दुर्घटनामा घाइतेहरूलाई तत्काल स्थानीय किरण पोलिक्लिनिकमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका ५ का मोटरसाइकल चालक मनोज चौधरीको छोरा २६ वर्षीय संदिव चौधरी गम्भीर घाइते भएका छन् । दुबै घुँडा, दायाँ हात र मुखमा चोट लागेका उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
दुर्घटना अन्य घाइते हुनेहरूमा सिटि सफारीमा सवार सप्तकोशी नगरपालिका–७ बस्ने ५० वर्षीया वडा सदस्य बिमला चौधरी, सोही स्थानका १८ वर्षीया एलिना चौधरी, अनु थापा मगर, सबिन चौधरी र सिटि सफारी चालक २५ वर्षीय भाजु बहरदार छन् । ऊनीहरुको टाउको हात खुट्टा तथा शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएका छन् ।
दुवै सवारी साधन फत्तेपुर प्रहरी चौकीको नियन्त्रणमा राखी दुर्घटना बारे थप अनुसन भइरहेको प्रहरीले जनाएको छ ।