न्यूज टुडे
राजविराज, ३१ साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिका – ८ चाँदनी चोक स्थित चन्द्र नहरमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका -७ बलुवाका नटाई चौधरीको छोरा बर्ष ५० को गोबिन्द चौधरीको नहरको पानीमा डुबेर मृत्यु भएको हो ।
करिव दिउसो २ बजेको समय घटना बारे स्थानीयबासीबाट जानकारी प्राप्त पश्चात इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी टोली पुग्दा चौधरीलाई मृत अवस्त्गमा भेटिएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षकको कमाण्डमा एसओसिओसहित टोलि खटी गई चौधरीको शव पानीबाट बाहिर निकालि लाशजाच मुचुल्का लगाएतको कार्य गरिएको थियो ।
मृतक चौधरीको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।