न्यूज टुडे
राजविराज,३१ साउन ।
सुनसरीको बराहक्षेत्र मन्दिरबाट दर्शन गरेर फर्किँदै गरेका सप्तरीका एक यूवकको मृत्यु भएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका–४ का २९ वर्षीय जीवन साहको ढुंगाले लागेर मृत्यु भएको हो ।
स १० प ७९२१ नम्बरको मोटरसाइकलमा सहयात्रीसहित दर्शनपछि घर फर्किँदै गर्दा भिरबाट अचानक खसेको ढुंगाले टाउकोमा ठोक्किँदा शुक्रबार साँझ साहको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार खडक नगरपालिका–११ बनौलीका ३० वर्षीय धमेन्द्र कुमार साह भने सकुशल रहेका छन् ।
मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।