उत्तम आचार्य
कञ्चनरूप, ३० साउन ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित रहेको सुनाखरी इङ्गलिस बोर्डिङ स्कुलले कृष्ण जन्माष्ठमी मनाएको छ । स्कुलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर कृष्ण जन्माष्ठमी मनाएको हो ।
कक्षा नर्सरीदेखि कक्षा ५ सम्मको विद्यार्थीहरुले विभिन्न भेष भुसा लगाएर राधा–कृष्णको नृत्य,नाटक कृष्णाको भजनलगायत विभिन्न कार्यक्रम गरेर उपस्थित विद्यार्थी, शिक्षकहरुलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।
बालबालिकाहरुले भजन तथा नेपाली गीतहरुमा नृत्य समेत गरेर कृष्ण जन्माष्टमी जन्मोत्सव मनाएको स्कुलले जनाएको छ ।
यस्ता कार्यक्रमले विद्यार्थीमा भएको क्षमता विकाश हुने स्कुलका प्रिन्सिपल पुष्प बहादुर कार्कीले विश्वास व्यक्त गरे ।
बालबालिकाहरुलाई पढाइ मात्रै नभएर आफ्नाे धर्म संस्कृति परम्पराहरुको समेत जानकारी गराउने उदेश्यले विद्यालयले कृष्ण अष्टमी मनाएकाे स्कुलका संस्थापक अम्बिका अधिकारी (कटुवाल) ले बताए ।
कृष्ण जन्माष्ठमीका दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।
हिन्दू धर्मावलम्बीहरुले परम्परा देखि कृष्ण पक्षकाे अष्टमी तिथिका दिन कृष्ण भगवानकाे जन्म उत्सव मनाउने गर्दछन ।